यस्तो छ चलचित्र ‘बुलबुल’को ट्रेलर

काठमाण्डु टुडे २०७५ माघ १ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, १ माघ – चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रमा स्वस्तिमा खड्कालाई विभिन्न अवतारमा देख्न सकिन्छ ।

ट्रेलरमा नायिका खड्का र कलाकार भुषालवाहेक वुद्दि तामाङ, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।

चलचित्रलाई पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडेलले मिलेर बनाएका हुन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रका निर्देशक विनोद पौडेल हुन् । यो चलचित्र फागूणको ३ गतेबाट रिलिज हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us