निर्मला हत्याबारे बन्यो यस्तो फिल्म ‘कोपिला’

काठमाण्डु टुडे २०७५ माघ १ गते १५:२९ मा प्रकाशित

 काठमाण्डु, १ माघ – बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ ।

शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ । कार्यक्रमममा करिब एक महिनामा फिल्मको छायाँकन सकिएको निर्देशक अधिकारीले जानकारी दिए ।

८० लाख लागतमा निर्माण हुन लागेको पन्तको हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था देखाउन खोजिएको अधिकारीले जनाएका छन् । ‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति समावेस हुने अधिकारीले जानकारी दिए ।

फिल्ममा प्रमुख पात्र निर्माला अर्थात ‘कोपिला’को भूमिकामा सञ्जीवनी खरेल देखिएकी छन् । सञ्चारकर्र्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेको फिल्म गणेश गिरीको प्रस्तुतिमा बन्न लागेको हो ।

फिल्ममा सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतको अभिनय देख्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us