सावधान !, राजधानीमा स्वाइनफ्लु फैलने खतरा

काठमाण्डु टुडे २०७५ पुष ३० गते ७:३२ मा प्रकाशित

काठमाण्डु, ३० पुस– राजधानीमा स्वाइनफ्लु (एचवानएनवान) का बिरामी भेटिएका छन् ।

वीर अस्पतालतमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमण बिरामीका करिब दुई सातादेखि उपचार भएरहेको छ । संक्रमित १५ र २६ वर्षका काठमाण्डुबासी हुन् ।  उपचारमा संलग्न डा. राजेशकुमार मण्डलका अनुसार उनीहरु आइसियुमै राखेर उपचार गर्नुपर्ने अवस्थामा अस्पतालमा पुगेका थिए । अहिले बिरामीको अवस्था जोखिममुक्त भएको बताउँदै उनले भने, ‘एक साता भेन्टिलेटरमा राखेर उपचार गरियो, दुवैलाई निमोनियासमेत भइसकेकाले अवस्था गम्भीर थियो ।’ कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us