अन्ततः महेश बाबूको जोडी बन्दै कट्रिना केफ !

काठमाण्डु टुडे २०७५ पुष २९ गते ११:०५ मा प्रकाशित

एजेन्सी – बलिउड अभिनेत्री कट्रिना केफ बलिउडमा फिल्मको असफलता पछि अभिनेत्री कट्रिना केफ अब छिट्टै नै साउथ फिल्ममा देखिने भएकी छन् । उनले साउथका सुपरस्टार महेश बाबूका साथ अभिनय गर्ने खबर सार्वजनिक भएको छ ।

अभिनेता महेश बाबू यतिबेला फिल्म ‘महर्षि’ को छायांकनमा ब्यस्त छन् । महेश बाबूको यस पछिको फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री कट्रिना केफलाई कास्ट गर्ने तयारी भइरहेको छ ।

साउथ फिल्म निर्देशक सुकुमार महेश बाबूका साथ फिल्म बनाउने तयारी गरिरहेका छन् । साथै उनको अब बन्ने फिल्मका लागि निर्माताहरुले बलिउडका कयौं अभिनेत्रीहरुका बारेमा छलफल गरेपश्चात यस फिल्ममा कट्रिना केफलाई कास्ट गर्ने निर्णय गरेका छन् । निर्देशक सुकुमारले कट्रिना समक्ष उनको अब बन्ने फिल्मका लागि प्रस्ताव पनि राखिसकेका छन् । अहिले यस फिल्मको स्क्रिप्टको काम चलिरहेको छ । फिल्ममा धेरै जसो कलाकारहरुको टुंगो पनि लागिसकेको छ ।

साउथ फिल्मका सुपरस्टार महेश बाबू अहिलेसम्म बलिउड फिल्ममा डेब्यू गरेका छैनन् । तर महेशले छिट्टै नै बलिउड फिल्ममा डेब्यू गर्न सक्ने चर्चा पनि भइरहेको छ । कट्रिना केफले यस फिल्मलाई साइन गरिन् भने यो उनको तेस्रो साउथ फिल्म हुनेछ । यस अघि उनले अभिनेता वेन्कटेश दग्गुबातीका साथ फिल्म ‘मालिसवारी’ र अभिनेता नन्दामुरी बालाकृष्णका साथ ‘अल्लारी पिद्दुगु’ मा काम गरिसेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us