निर्माण व्यवसायी सङ्घको अध्यक्षमा चौधरी

काठमाण्डु टुडे २०७५ पुष २९ गते १०:५६ मा प्रकाशित

जनकपुरधाम, २९ पुस – धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी विजयी भएका छन् ।

सङ्घको निर्वाचन समितिका अनुसार चौधरी २०२ मत प्राप्त गरी विजयी भएको छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विवेकानन्द मिश्रले १८६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा रामदुलार साह, महासचिवमा रमेशकुमार यादव, सचिवमा जयप्रकाश साह र कोषाध्यक्षमा रुपेशकुमार सिंह निर्वाचित भएका छन् ।

सदस्यअन्तर्गत ‘घ’ श्रेणीका सदस्यमा विजयकुमार झा, सन्तोषकुमार मुखिया र नवनीतकुमार झा निर्वाचित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us