पारिश्रमिक घटेको कुरा गलत होः कपिल शर्मा

काठमाण्डु टुडे २०७५ पुष २४ गते १६:३४ मा प्रकाशित

एजेन्सी – भारतका चर्चित कमेडियन कपिल शर्माले एक वर्षपछि पुन ‘दि कपिल शर्मा शो’ सुरु गरेका छन् । दोस्रो सिजन भनिएको यस शोलाई धेरैले राम्रो भएको प्रतिक्रिया पनि दिएका छन् । उनले आफ्नो शोलाई केही परिमार्जित पनि गरेका छन् ।

तर, नयाँ शो सुरु हुने बित्तिकै कपिलको पारिश्रमिक घटेको चर्चा सुरु भएको छ । तर, कपिलले यो कुरा सत्य नभएको बताएका छन् । उनले भनेका छन्, ‘त्यो पारिश्रमिक घटेको छ भन्ने कुरा गलत हो । मैले र मेरो टिमले सन्तोषजनक पारिश्रिमक पाइरहेका छौं । हामी एकदमै खुशी भएर काम गरिरहेका छौं त्यो नै ठुलो कुरा हो, पारिश्रमिक त दोस्रो कुरा हो ।’

कपिलले आफ्नो शो भारतकै सबैभन्दा ठुलो र लोकप्रिय कमेडी शो भएको पनि दावी गरेका छन् । उनले भनेका छन् –‘सत्य कसैले लुकाउन सक्दैन कि, कपिल शर्माका शो यस देशको सबै भन्दा ठूलो कमेडी शो हो ।’ कपिल आफ्नो पुरानो टिम र केही नयाँ सदस्यसहित शोमा फर्किएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us