अष्ट्रेलिया पुगेर अनुष्काले बिराटप्रति यसरी माया पोखिन्

काठमाण्डु टुडे २०७५ पुष २२ गते १४:५१ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा पती बिराटलाई भेट्न सिड्नी पुगेकी छन् ।

उनका पति क्रिकेटर बिराट कोहली अष्ट्रेलियाविरुद्ध खेल्न अष्ट्रेलिया पुगेका छन् । उक्त खेल खेल्न पुगेका बिराटलाई भेट्न अभिनत्री अनुष्का शर्मा अष्ट्रेलिया पुगेकी हुन् । उनले त्यहाँ पुगेर उनले एक फोटो पोस्ट गरेकी छिन् । जहाँ उनले लेखिकी छिन् ‘तिमीले मलाई सधै खुशी केटी बनाउँछौ ।’

केही दिन अगाडि मात्र अनुष्काले भारतिय टिमसँगै अष्ट्रेलियन प्रधानमन्त्रीसँगको भेटमा समेत सहभागिता जनाएकी थिइन् । फिल्म ‘जिरो’ रिलिज भएपछी भने अहिले अभिनेत्री अनुष्का शर्मा फुर्सदमा छिन् । कोहलीले अष्ट्रेलियाविरुद्ध हुन गइरहेको खेलमा भारतको नेतृत्व गर्दै छन् । र, उनको समर्थन र हौसलाका लागि अनुष्का त्यहाँ पुगेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us