एजेन्सी – लिउडका चर्चित अभिनेता सलमान खानले आफ्नो विवाह नहुनुको कारण संजय दत्त रहेको खुलासा गरेका छन् । सलमान अहिले ५३ वर्षका छन् ।
उनले यसबारे कपिल शर्मा सो सिजन टुमा भनेका हुन् । कपिल शर्मा एकपटक पुनः आफ्नो कमेडी शो लिएर प्रशंसकबीच उपस्थित भइसकेका छन् । यही कार्यक्रमको एउटा क्लिप सार्वजनिक भइरहेको छ जसमा सलमान खानले संजय दत्तका कारण आफ्नो अहिलेसम्म विवाह हुन नसकेको बताइरहेका छन् ।
उक्त कार्यक्रममा सलमानले कपिललाई एउटा किस्सा सुनाइरहेको देखिन्छन् । उनले भनिरहेका छन्, ‘एकपटक सञ्जु बाबाले मलाई विवाह गर्नुपर्छ भनेर सम्झाइरहेका थिए । त्यतिबेला उनको फोनको घण्टी बज्यो र उनी एक सेकेन्ड भनेर त्यहाँबाट गए । त्यसपछि मलाई थाहा भयो कि विवाह गर्नु कति गाह्रो छ ।’