नेपाल आइडल टिमको पहिलो सांगीतिक यात्रा जापान

काठमाण्डु टुडे २०७५ पुष १७ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, १७ पुस – नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको दोस्रो सिरिज सम्पन्न भइसकेको छ । सुदूरपश्चिमका रवि ओडल नेपाल आइडलको विजेता बनिसकेका छन् ।

नेपाल आइडलका आयोजकले नेपाल आइडलमा सहभागी टप ५ प्रतिस्पर्धीलाई विश्वका विभिन्न राष्ट्रहरुमा प्रस्तुतिका लिएर जाने निर्णय गरेको थियो ।

नेपाल आइडल २ को पहिलो अन्तर्राष्ट्रिय सांगीतिक प्रस्तुति जापानमा हुँदै छ । कार्यक्रममा सहभागिता जनाउनका लागि नेपाल आइडलका टप ५ प्रतिस्पर्धी जापान प्रस्थान गरेका छन् । नेपाल आइडलका टप ५ प्रतिस्पर्धीसहितको टोली सोमबार बेलुका ८ बजेको उडानमा जापान प्रस्थान गरेका हुन् ।

नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us