आमिर खानले आउँदो वर्ष तबला सिक्ने

काठमाण्डु टुडे २०७१ पुष १६ गते ७:४७ मा प्रकाशित

एजेन्सी– आमिर खानका लागि सन् २०१४ सारै राम्रो रह्यो । पहिला ‘सत्यमेव जयते’ को प्रसंशा र पछि ‘पीके’ले कायम गरेको व्यापारिक उचाई ।

aamir-khan

फिल्म ‘पीके’ का माध्यमबाट उनले जस्तो प्रतिक्रिया र सफलता पाए त्यो उनका लागि यस बर्षकै सम्झन योग्य उपहार हुन् । उनले नयाँ बर्ष सन् २०१५ मा तबला सिक्ने धोको पुरा गर्ने बताएका छन् ।

tabla

नयाँ बर्षको मानाउँन बालिउडका अधिकांश स्टारहरु विदेश गई सकेका छन् तर आमिरले नयाँ बर्ष आफ्नो परिवारसँगै मनाउने बताएका छन् ।

उनले नवभारत टाइम्सकी पत्रकार रेखा खानलाई दिएको छोटो प्रतिक्रियामा भने, ‘मैले यस बर्षको नयाँ बर्ष मुम्बईमा आफ्नो परिवारका साथ मनाउने छु ।’ उनले लामो समय देखि आफुले तबला सिक्न चाँहदा पनि समय नभएको भन्दै आउने बर्ष तबला सिक्ने बताएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us