
काठमाण्डु–नेपाली अभिनेता सुनिल थापा पछिल्लो भारतीय बलिउड चलचित्र ‘मेरी कोम’बाट फिल्म फेयर अवाडका लागि छानिएका छन् ।
‘मेरी कोममा’ मेरी कोमको भूमिकामा रहेकी प्रियंका चोपडाको बक्सिङ प्रशिक्षकका रुपमा थापाले अभिनय गरेका थिए । उनी ‘सपोर्टिङ क्यारेक्टर’ विद्यामा मनोनयनमा परेका हुन् ।
नेपालका चर्चित अभिनेता थापाले यो मनोनयनलाई नेपालीहरुकै लागि ठूलो सफलता रहेको बताएका छन् । साथै उनले सो अवार्ड आफुले जित्ने विश्वास समेत रहेको सामाजिक सञ्जालमा बताएका छन् ।