
एजेन्सी– बंगाली धारावाहिकमा काम गर्ने एक अभिनेत्रीको घरभित्र पसेर एक समूहले बलात्कार प्रयास गरेको छ ।
अभिनेत्रीले चिच्याएर उनीहरुको प्रतिवाद गर्न खोजेपछि उनको मोवाइल खोसेर त्यो समूह भागेको छ । समूहमा तीनजना अपरिचित व्यक्तिहरु थिए ।
कलकत्ताको नेताजी नगरथानाले ती व्यक्तिहरुको थिए भनेर प्रहरीले छानविन गरि रहेको जनाएको छ । घटना आइतवार राती घटेको थियो ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ३५ वर्षीया अभिनेत्रीलाई बाहिरबाट घर आउँदै गर्दा तिनको पछि लागेका तीन युवकले अभिनेत्री घर भित्र पसेको केही समयमा पसेको र बलात्कारको प्रयास गरिएको उल्लेख गरेका छन् ।
यत्तिकैमा ती अभिनेत्रीले चिच्याएर प्रतिवाद गर्न खोजे पछि ती युवकहरु भागेका थिए । घटनापछि अभिनेत्रीले यादवपुर थानामा घटनाको जानकारी गराएकी थिइन ।
अभिनेत्रीले आफुले तत्कालै प्रहरीलाई खबर गरेर पनि प्रहरीबाट सक्दो सहयोग नभएको बताएकी छन् ।
घटनामा संलग्नलाई कारवाहीको माग गर्दै अभिनेत्रीले नेताजी नगर थानामा मुद्दा पनि दर्ता गराएकी छन् । यसैगरि प्रहरीले उनीहरुको खोजी तिव्र पारिएको जनाएको छ ।