
एजेन्सी– भारतीय कप्तान महेन्द्र सिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
अस्टेलिया बिरुद्घको तेस्रो टेस्ट बराबरीमा सकिए लगत्तै उनले सन्यासको घोषणा गरेका हुन् ।
उनले वन डे र टी–२० मा मात्र केन्द्रीत रहने बताएका छन् । उनले डिसेम्बर २ मा श्रीलङका बिरुद्घको खेलमा डेब्यू गरेका थिए । उने ९० टेस्टमा चार हजार आठ सय ७६ रन बनाएका छन् ।
अस्टेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको अस्टेलिया र भारतबीचको तेस्रो खेल बराबरीमा टुगिएको थियो ।
प्रतियोगिताको पाँचौ दिन भारतले ३८४ रनको लक्ष्य पछ्याउदै गर्दा ६६ ओभरमा छ विकेटको क्षतिमा १७४ रनमात्र बनाउन पुग्यो । त्यसपछि खेल सकिन चार ओभर छदै दुबै कप्तानको सम्झौतामा प्रतियोगिका ड्र भएको घोषणा गरियो ।
यसका साथै अस्टेलियाले ४ प्रतियोगिताको श्रृङखला एकप्रतियोगिता खेल्नु अगावै आफ्नो पोल्टामा पारेको छ । श्रृङखलामा अस्टेलिया २–० ले अगाडि छ ।
पाँचौ दिनको खेलमा भारतका तर्फबाट विराट कोहलीले ५४, अजंके रहाणेले ४८ रनको योगदान दिनु बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् ।
अस्टेलियाले आफ्नो दोस्रो पारी ९ विकेटको क्षतिमा ३१८ रनमा घोषित गरेको थियो । अस्टेलियाले आफ्नो पहिलो पारीमा ५३० रन बनाएको थियो भने भारतले ४६५ रन जोडेको थियो ।