
काडमाण्डु, १५ पुस–भारतको नयाँ दिल्लीस्थित खेल परिसरमा भएको दक्षिण यसियाली खुला कराँते च्याम्पियनसिपमा नेपाल टीम च्याम्पियन बनेको छ ।
नेपालले २१ स्वर्ण र दुई रजत जित्दै च्याम्पियन बनेको हो ।
च्याम्पियनसिपमा नेपालले सिनियर टीममा २० स्वर्ण तथा एक रजत र जुनियर टीममा एक स्वर्ण र एक रजत जित्न सफल भएको हो ।
प्रतियोगिताको काताको चारै बिद्यामा नेपालले स्वर्ण जितेको छ ।