पारिश्रमिक घटाउन सैफलाई दबाब

काठमाण्डु टुडे २०७१ पुष १५ गते ५:२३ मा प्रकाशित

एजेन्सी– भारतीय अभिनेता सैफ अली खानलाई हालका दिनहरुमा आफ्नो पारिश्रमीक घटनाउन दबाब बढ्न थालेको छ । सन् २०१४ मा उनका अधिकांश फिल्महरु फ्ल्प भएपछि उनलाई यस्तो दबाब बढेको हो ।

saif-ali-khan
भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार उनलाई निर्माता–निर्देशकहरु पुरानो पारिश्रमीक दिन तयार छैनन् भने सैफ आफ्नो पुरानो पारिश्रमीक भन्दा तल झर्ने मानसिकतामा छैनन् ।
निर्माता रितेश सिधवानीले सैफलाई लिएर ‘मि. चालू’ भन्ने फिल्म बनाउने योजनामा थिए जुन अहिले उनको पारिश्रमीकको टुंगो लाग्न नसकेका कारण चिसिएको छ । फिल्ममा महिलाहरुको पछि लाग्ने एउटा व्यक्तिको कहानी छ, जसमा सैफले मुख्य भुमिका निभाउने कुरा थियो । जसमा कंगना रनौत पनि छिन् ।
निर्माता सिधवानीको प्रोडक्सन कम्पनी एक्सेलबाट उनलाई आफ्नो पारिश्रमीक घटाउन भनिएको थियो । तर सैफले पारिश्रमीक घटाउन नमानेर फिल्म खेल्नै इन्कार गरिदिए । हाल सैफ यी चिन्ता भुलाउन श्रीमती करीना कपुरसँग स्विजरल्यान्डमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us