
लस एन्जलस १५ पुस– अभिनेत्री जेनिफर लरेन्स हलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेत्री दरिएकी छिन् ।
फोब्र्स म्याग्जिनले हालै सार्वजनिक गरेको सूचीमा क्रिस प्राट र स्कारलेट जोन्सनलाई पछि पार्दै लरेन्सले पहिलो स्थान कब्जा गरेकी हुन् ।
‘द हैगर गेम्स’, ‘मोकिंग जे’ र ‘एक्स मेनः डेज अफ फ्युचर’ फिल्मको विश्वब्यापी सफलताका कारणले लरेन्स हलिउडमा सबैभन्दा भरोसालायक कलाकारको सूचीको अग्रस्थानमा रहेकी हुन् ।
उनका दुई फिल्मले जम्मा १ अर्ब ४० करोड डलर कमाइ गरेका थिए ।
फोब्र्सले निकालेको सूचीमा क्रिस प्राटलाई दोस्रो स्थान दिइएको छ । उनका दुई फिल्म ‘गार्जियन्स अफ दि ग्यालेसी’ र ‘दि लेगो मुभी’ले कुल १ अर्ब २० करोड डलर कारोबार गरेका थिए ।
अन्नपूर्णपोस्ट दैनिक