
एजेन्सी–बलिउडकी स्टार कंगना रनौत कसैको मायामा खुब मजा लिइरहेकी छिन् ।
एक अंग्रेजी पत्रिकासँगको अन्तरवार्तामा उनले भनेकी छन् ‘जिन्दगीमा कोई खास मान्छे छ जससँग म खूब रमाइरहेको छु ।’ तर उनले त्यो खास मान्छेको नाम भन्न भने मानिनन् ।
कंगनाले छिट्टै यस सम्बन्धका बारेमा खुलेर कुरा गर्न सक्ने समय आउने बताएकी छन् । उनी हाल इमरान खानसँग ‘कट्टी बट्टी’ फल्मको सुटिङमा छिन् ।
केहि दिन पहिले कंगनाले रितिक रोशनसँग डेटिङ गरिरहेको खबर बाहिर आएको थियो । अहिले बलिउड यो कुरालाई लिएर तातेको छ कि कंगनाले केहि समयपछि सबै कुरा भन्ने समय आउँछ भन्नु के उनको बिहे हुन लागेको कुरा त हैन ?