एजेन्सी– आमिर खान अभिनित पीकेले रिलीज भएको हालसम्ममा आजसम्मकै सबैभन्दा धेरै तीन सय ६८ करोड भन्दा धेरैको व्यापार गरिसकेको छ ।
रिलीज हुनु भन्दा अघि देखि नै चर्चामा रहेको फिल्मले भारतमा धुम मच्चाइ रहेको छ । फिल्मलाई लिएर केही विवादहरु देखिएको भएपनि बक्स अफिसमा आज सम्मकै फिल्महरुले गरेको व्यापारलाई यसले धेरै पछाडि छोडी दिने अनुमानहरु पनि लगाउन थालिएको छ ।
आमिर खानका लागि क्रिसमस सारै राम्रो भएको छ । अघिल्लो वर्ष रिलीज भएको उनको फिल्म ‘धुम ३’ ले पनि बक्स अफिसमा ठुलो सफलता पाएको थियो ।
अहिले आमिर खानले दुई सय करोड कमाएको आफ्नै फिल्म ‘धुम ३’ को दुई सय करोडको व्यापारको रेकर्डलाई तोड्दै तीन सय करोडको लक्ष्य तर्फ बढी रहेका भारतीय मिडियाले जनाएका छन् ।
अहिलेसम्म सबै भन्दा धेरै कमाई गर्ने फिल्ममा आमिर खानको ‘धुम ३’ पाँच सौ ४२ करोडको व्यापार गरेर सबै भन्दा अघि छ भने दोस्रोमा शाहरुख खानको फिल्म ‘चेन्नई एक्सप्रेस’ छ । जसले चार सौ ४२ करोडको व्यापार गरेको छ ।
त्यहीँ तेस्रो नम्बरमा आमिर खानकै फिल्म थ्री इडियटले ठाँउ लिएको छ । जसाले तीन सय ९५ करोडको व्यापार गरेको थियो ।
र यो पनि पढ्औं