नेपालले अस्टेलियासँग क्रिकेट खेल्ने

काठमाण्डु टुडे २०७१ पुष १२ गते ६:०५ मा प्रकाशित

काठामाण्डु, १२  पुस–नेपाली राष्ट्रिय क्रिकेट टोलि र अस्टेलियाको टीमबीच एक मैत्रिपूर्ण खेल हुने भएको छ ।

pic-2

अस्टेलियाका क्रिकेटर फिल ह्युजको सम्झनामा नेपाल क्रिकेट संघ क्यानको पहलमा यस्तो खेल हुन लागेको बताइएको छ ।

ह्युजको नोभेम्बर २५ मा खेलकै क्रममा बलले टाउकोमा लागेर निधन भएको थियो । उनलाई बलले लाग्नु अघि उनी ६३ रनमा खेलिरहेका थिए ।
त्यसैले पनि क्यानले उनीप्रति श्रद्घा व्यक्त गर्न नेपाल र अस्टेलियाबीच ६३ ओभरको खेलको प्रस्ताव गरेको हो । क्यानको सो प्रस्तावमा अस्टेलिया सकारात्मक रहेको क्यानकी कार्यकारी प्रमुख भावना घिमिरेले जानकारी दिइन् ।
क्यानको यो प्रस्तालाई ह्युजको परिवारले स्वीकृति प्रदान गरिसकेको जनाइएको छ । अस्टेलियाका क्रिकेट प्रमुखले पनि यसमा आफ्नो पूर्ण सहयोग रहने बताइसकेका छन् ।
खेल मार्च अथवा अप्रिलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने जनाइएको छ ।
६३ आभरको खेलपछि ह्युजले प्रयोग गरेको एक ब्याट, कपडा र अस्टेलियाको झण्डा सगरमाथा प¥याउने तयारी भइरहेको क्याानले जनाएको छ ।
ह्युजले सन् २००८ मा अस्टेलियाबाट नेपाली टोलिसंग मलेसियामा आइसीसी यू–१९ विश्वकप खेलेका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us