
डिसेम्बर २७- अर्थात आज सलमान खानको जन्मदिन।शुशीला चरक र सलिम खानका जेष्ठ सुपुत्र सलमान खान बलिउडका सबैभन्दा बिकाउ नायक हुन् । उनका बाबुतिरका पुर्खा पठानी मुलका अफ्गानिस्तान बाट झरेका हुन भने आमा चाहिं हिन्दु परिवार कि हुन ।
सलमान खानका केही सुन्नमा नआएका रोचक कुराहरु:
१. उनी यदि बलिउडमा नआएको भए सायद उनी पौडीबाज हुन्थे होलान।
२. उनलाई मन पर्ने एक्टर हलिउडमा सिल्भेस्टर स्टलोन हुन भने नायिकामा हेमा मानिनी।
३. उनको पुरा नाम अब्दुल रसिद सलमान खान हो ।
४. उनलाई सुयसाइड डिजिज छ । (यसको अध्यन गुगलमा गर्नुहोला)
५. अहिलेसम्म ५ वटा लगातार १०० करोड बक्स अफिस हिट उसको मात्र छ ।
६. जय हो को पोस्टर उनीले पेन्ट गरेका थिए ।
७. सलमान भाईलाई चाइनिज खाना एकदमै मन पर्छ ।
८. उनले चलचित्रमा अहिले सम्म “लिप लक” चुम्मा गरेका छैनन्।
९. टर्किको एउटा रेस्टुरां जहां उनी “एक था टाईगर” को सुटिङको क्रममा जान्थेले नाम नै परिवर्तन गरी – “द सलमान रेस्टुरां” राखेको छ।
१०. ४८ वर्षका सलमान अझै अबिवाहित छन् ।