विश्वकप हारले के सिकायो नेमारलाई ?

काठमाण्डु टुडे २०७१ पुष ११ गते ८:४६ मा प्रकाशित

एजेन्सी–ब्राजिलका स्टार फुटबल खेलाडि नेमारले २०१४ को फिफा वल्र्ड कपमा भएको टीमको हारले धेरै कुरा सिकाएको बताएका छन् ।

neymar(1)
ब्राजिल टीमका कप्तान समेत रहेका नेमारले कोलम्बियासँगको खेलमा आफ्नो ढाँडमा लागेको चोट आफ्नो जिन्दगिको सबैभन्दा खराव पल रहेको बताए ।
चोटपछि नेमार प्रतियोगिताभर बाहिर रहे । सेमिफाइनलमा ब्राजिल जर्मनीसँग १–७ गाल अन्तरले परिजित भएको थियो ।
बच्चाहरुको एक संस्था ‘नेमार जुनियर इस्टिच्युट’को उद्घाटन गर्दै उनले भने ‘यो वर्ष खुशी अनि दुःख दुबैको रह्यो, हारबाट केहि सिक्न पाएका छौँ ।’
हाल नेमार स्पेनको क्लब बार्सिलोनाबाट खेल्दै आइरहेका छन् । यसै सिजनमा उनले १९ खेलमा १६ गोल गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us