रणवीर र दीपिका सँगसँगै ‘न्यु इयर’ मनाउँदै

काठमाण्डु टुडे २०७१ पुष ११ गते ३:१६ मा प्रकाशित

एजेन्सी, ११ पुस–दीपिका पादुकोण अहिले माल्दिभ्समा छुट्टी मनाइरहेकी छिन् । एक अंग्रेजी अखबारले जनाएअनुसार दीपिकाले क्रिसमस आफ्नो परिवारका साथ मनाए पनि न्यु इयर भने रणविर सिंहका साथ मनाउँदै छिन् ।

ranveer-dipika_650_122514112337
खबरअनुसार रणवीर र दीपिकाले यो निर्णय गरिसका छन कि उनीहरु २७ डिसेम्बरदेखि लिएर ५ जनवरीसम्म सुटिङमा हुने छैनन् । रणवीरको छिटै नै ‘बाजिराव–मस्तानी’को सुटिङबाट छुट्टी लिएर दीपिकासँग भेट्नेछन् र दुवै माल्दिभ्सकै कुनै ठाउँमा गएर न्यु इयर मनाउनेछन् ।

आफ्नो बिजी सेड्युलबाट समय निकालेर घुम्न दीपिका र रणवीर घुम्न गएको पहिलो पटक होइन । यसभन्दा पहिले पनि दीपिकाले बार्सिलोनामा ‘दिल धड्कने दो’ को सुटिङमा पुगेर रणवीरलाई सरप्राइज दिएकी थिइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us