को हुन् साहरुख खानको पार्टीमा सहभागी हुने नेपाली युवती ?

काठमाण्डु टुडे २०७१ पुष १० गते १५:५९ मा प्रकाशित

asthaकाठमाण्डु, १० पुस– नेपाली मोडल आस्था पोखरेल बलिउड स्टार शाहरुख खानको पार्टीमा सहभागी भएकी छन् ।

 

बिहीबार आफ्नै घरमा आयोजित क्रिसमस पार्टीमा खानले पोखरेललाई निम्त्याएका हुन् ।
१९ वर्षीया पोखरेल एक साताअघि मात्र किगंफिसर सुपर मोडल–२ घोषित भएकी थिइन् ।
आस्थाले आफू खानको पार्टीमा सहभागी भएको तस्वीर फेसबुकमा राखेकी छन् । तस्वीरमा साहरुखले उनलाई ‘प्रेमपूर्वक’ अंगालो मारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us