दक्षिण एसियाली करातेका लागि नेपाली टोली भारत प्रस्थान

काठमाण्डु टुडे २०७१ पुष १० गते १३:१२ मा प्रकाशित

काठमाण्डु, १० पुस– भारतको नयाँ दिल्लीमा हुने खुला दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित ४५ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

karate-dentist

यही पुस १२ र १३ गतेसम्म सञ्ंचालन हुने दुई दिने उक्त च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले सफलताको शुभकामना दिँदै आज बिदाइ गरे ।

प्रतियोगिताको पुरुषतर्फ दिवस श्रेष्ठ, भीमबहादुर तामाङ, दिगम्बरप्रसाद पन्त, मन्डेकाजी श्रेष्ठ, सुवास कार्की, डम्बरबहादुर आले, सानुकुमार रुम्बा, वीरबहादुर तामाङ, विजय लामा, सोनाम लामा, सुनील लामा र मोहन कार्की छन् ।

त्यस्तै, महिलामा शुभद्रा श्रेष्ठ, सङ्गीता डङ्गोल, सुनीता लामा, कुसुम खड्का उर्मिला डिसी, अनु अधिकारी, मल्लिका थापा, सनी तामाङ, विभूषा थापा, रिता कार्की र चन्चला दनुवार छन् ।

यसैगरी, टिम व्यवस्थापकमा मजेन्द्र सिंह, खेल अधिकारीमा टेकप्रसाद कट्टेल र दुर्गाप्रसाद दुलाल, प्रशिक्षकमा राजेन्द्र कपाली, दीपक श्रेष्ठ, विजय तामाङ र सुनीता श्रेष्ठ छन् ।

निर्णायकमा विजयमान थापा, विमल खडायत, प्रदीप राई, सुरेन्द्र गुरुङ, कृष्णबहादुर चौधरी, भरत हमाल, साइला गमाल, सचिन चौंलागाँईं, सञ्जय रञ्जित, कृष्णप्रसाद दाहाल, जसबहादुर पुन, विक्रम लामा, अन्जु हाछेतु र सागर श्रेष्ठ छन् भने चकित्साकर्मीमा कृष्णप्रसाद घिमिरे छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us