
एजेन्सी– सलमान खानले सञ्चालन गर्दै आएको बिग बोसको आगामी २७ दिसम्बरको श्रंखला हास्य कलाकार कपिल शर्माले सञ्चालन गर्ने भएका छन् ।
कलर्स टेलिविजनका प्रवक्ताले बीबीसीलाई दिएको जानकारी अनुसार सलमान खानको २७ दिसम्बर जन्मदिवसका अवसरमा उनी आफ्नो परिवारसँग व्यस्त हुने भएकाले उनको ठाँउ कपिललाई दिन लागिएको हो ।
यस भन्दा अघि नै सलमानले आफु नयाँ फिल्मको सुटिङमा जनवरी देखि ब्यस्त हुने बताएपछि जनवरी देखिको सञ्चालन फराह खानले गर्ने तय भै सकेको छ ।
कविर खानले बनाउन लागेको नयाँ फिल्म ‘बजरंगी भाईजान’मा दर्शकहरुले सलवान खान र करीना कपूरलाईसँगै देख्न पाउने छन् ।