
एजेन्सी–भारतीय क्रिकेट टीमका उपकप्तान विराट कोहलीले अर्का क्रिकेट स्टार सचिन तेन्दुलकरलाई पछाडि पारिदिएका छन् ।
यो तथ्य कुनै क्रिकेट मैदानमा भएको खेलको होइन्, त्यसो भए के हो त यो तथ्य ?
यो कुरा हो ट्विटर दुनियाको, जव कि यस दुनियामा कोहलीलाई पछ्याउनेहरु सचिन भन्दा धेरै भएका छन् ।
उनलाई पछ्याउनेहरु ४८,७०,१९० को हाराहारिमा छन् भने सचिनलाई पछ्याउनेहरु ४८,६९,८४९ जति रहेको बताइएको छ ।
त्यस्तै भारतीय टीमका कप्तान महेन्द्र सिंह धोनीलाई पछ्याउनेहरु ३३,२७,०३३ को हाराहारिमा छन् ।
यसपछि बढी पछ्याउनेमा वीरेन्द्र सेहवाग, युवराज सिंह र सुरेश रैना रहेका छन् ।
क्रिकेट दुनिया भन्दा बाहिर भने भारतका चर्चित कलाकार अमिताभ बच्चनलाई पछ्याउनेहरु धेरै छन् । उनलाई एक करो भन्दा धेरैले पछ्याइरहेका छन् ।