
एजेन्सी– एकपटक फेरी उही प्रश्न, बलिउडको बादशाह को ? सुपरस्टार खान को ?अमिर खान, शाहरुख खान वा सलमान खान ? बहस अनन्तसम्म चल्न सक्छ । तर तत्काल यो हेर्न सकिन्छ कि यो वर्ष बक्स अफिसमा को रह्यो नम्बर वान ?
अमिर खान जसले बलिउडमा १०० करोड/२०० करोड क्लबको सुरुवात गरेका थिए । यो दौडमा यसपटक उनी शाहरुख खानभन्दा पछाडि परेका छन् । एक हप्तामा सबैभन्दा धेरै कमाउने मामलामा यो वर्ष नम्बर वानमा शाहरुख खान रहेका छन् ।
तर, अमिरको एक दावी रहेको छ कि यो सालका सबैभन्दा धेरै कमाउने फिल्महरुमा ‘पिके’ मात्र त्यस्तो एउटा फिल्म हो जसको रिलिज कुनै पर्व, अवसर या छुट्टीको समयमा भएन । बाँकी सबै फिल्म दिवाली, २ अक्टोबर, इदजस्ता मौकामा रिलिज भएका थिए ।
यो वर्ष बक्स अफिसमा सबैभन्दा धेरै कमाइ गर्ने पाँच फिल्महरु
१ ह्याप्पी न्यु इयर (१०८.८६ करोड)
२ पिके (९५.२१ करोड)
३ बैंग बैंग (९४.१३ करोड)
४ किक (८३.५० करोड)
५ सिंघम रिटन्र्स (७७.५५ करोड)