
एजेन्सी, ८ पुस– भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले मंगलबार एकदिवसीय खेलमा १० वर्ष पूरा गरेका छन् । धोनीको १० वर्ष पूरा भएको अवसरमा सोसल मिडिया वेवसाइट ट्विटरमा #10YearsofDHONIsm भनेर ट्विट गरिएको छ ।
हेरैं यो १० वर्षको धोनीले कहाँ कहाँ गरे धमाका :
वान डे
महेन्द्रसिंह धोनीले आफ्नो पहिलो एकदिवसीय खेल २३ डिसेम्वर २००४ को बंगलादेशका विरुद्ध खेलेका थिए । बंगलादेशको चट्गाउँमा भएको खेलमा धोनी रनविना नै आउट भएका थिए । यो खेल भारतले ११ रनले जितेको थियो ।
टेस्ट
धोनीले आफ्नो टेस्ट क्रिकेटको सुरुवात श्रीलंकका विरुद्ध २००५ मा गरेका थिए । २ डिसेम्बदेखि ६ डिसेम्बर २००५ चलेको खेलमा धोनीले विकेटसँगै एक क्याच पनि लिएका थिए र पहिलो पटक मै ३० रन बनाएका थिए । यो म्याच ड्र भएको थियो ।
अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी
धोनीले पहिलो अन्तराष्ट्रिय ट्वान्टी–ट्वान्टी खेल १ डिसेम्बर २००६ मा दक्षिण अफ्रिकाको विरुद्ध जोहानिसबर्गमा खेलेका थिए । भारतले यो खेल ६ विकेटले जितेको थियो । यो खेलमा धोनीको प्रदर्शन खासै दमदार रहन सकेन । उनी खाता खोल्नुभन्दा पहिले नै आउट भए तर विकेटको पछि भने एक क्याच लिन सफल भएका थिए ।
टप स्कोर
धोनीको आजसम्मको सबैभन्दा बढी स्कोर अविजित १८३ रन हो । उनले २००५–००६ मा श्रीलंकाको विरुद्धमा तीन नम्बरमा खेल्दै भारतलाई विजय बनाएका थिए । उनले यस खेलमा १५ चौका र १० छक्का हानेका थिए । एकदिवसीय खेलमा भारतीय क्रिकेट खेलाडीको सबैभन्दा बढी अंक हो यो ।
त्यस्तै टेस्ट खेलमा उनको अधिकतम स्कोर २२४ रन रहेको छ । जुन उनले चेन्नईमा भएको अस्ट्रिेलिया विरुद्दको खेल २०१३ मा बनाएका थिए ।
अन्तराष्ट्रिय ट्वान्टी–ट्वान्टीमा उनको अधिकतम स्कोर रहेको छ अविजित ४८ रन । यो स्कोर उनले २०१२ मा सिडनीमा अस्ट्रिेलियाका विरुद्धमा भएको खेलमा बनाएका थिए ।
रन र विकेटपछि क्याच
धोनी आजसम्म टेस्ट क्रिकेटमा ८९ खेलको १४२ पटकमा कूल ४८४१ रन बनाइसकेका छन् । टेस्टमा उनले आजसम्म २४८ क्याच लिएका छन् । उनी टेस्टमा ६ शतक र ३३ अर्धसतक लगाइसकेका छन् ।
वान डेमा उनले २५० खेलको २१९ पटकमा ८१९२ रन बनाएका छन् । आजसम्म ८ शतक र ५६ अर्धशतक बनाइसकेका छन् । वान डेमा उनले २२७ क्याच लिएका छन् । अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टीमा ५० खेलको ४५ पटकमा उनले ८४९ रन बनाइसकेका छन् । विकेटको पछाडि उनले २५ क्याच गरेका छन् ।
कप्तानी र विश्वकप
धोनीले पहिलोपटक सेप्टेम्बर २००७ मा भारतको ट्वान्टी–ट्वान्टी टिमको कप्तान बनाइएका थिए । २००७ मै उनले पहिलो पटक भारतको वान डे टिमको कमान समाले । २००८ मा पहिलोपटक भारतको टेस्ट टिमको कप्तान बने । धोनीको अग्रसरतामा भारतले २०११ मा वान डे विश्वकप र २००७ मा अन्तराष्ट्रिय ट्वान्टी–ट्वान्टी जितिसकेको छ ।
धोनीले इन्डियन प्रिमियर लिग ट्वान्टी–ट्वानन्टी शृंखलामा आफ्नो टिम चेन्नइ सुपर किंग्सको २०१० र २०११ मा जित दिलाइसकेका छन् ।
।