
एजेन्सी–फिल्म अभिनेत्री सनी लियोनसँग एकैसाथ एक सय जनाले शानदार भोजको आनन्द लिएका छन् ।
मेनकाइड फार्मको अडिसन डियो कन्टेस्टमा विजेता भएका एक सय विजेतालाई सनीसँग भेट्ने र समय बिताउने अवसर दिइएको हो । कन्टेस्ट एक अनलाइन प्रतियोगिता हो ।
अनलाइन प्रतियोगिता जुलाई १ मा शुरु भएर ८ अक्टुवरमा समाप्त भएको थियो । सनीले कार्यक्रमका बिजेतालाई अटोग्राफ दिनुको साथै उनीहरु संगै फोटो पनि खिचाएकी थिइन् ।
त्यस बखत उनले ‘आफु पनि यस्तो रोमान्चक प्रतियोगितामा भाग लिन पाउनु जिन्दगीको अविस्मरणीय पल हो ’ भनिन् ।