खोटाङमा असी करोडको अलैँंची उत्पादन

काठमाण्डु टुडे २०७१ पुष ७ गते ११:१४ मा प्रकाशित

खोटाङ, ७ पुस–खोटाङ जिल्लामा यस वर्ष ८० करोडभन्दा बढीको अलैँंची उत्पादन भएको छ ।

images

गत वर्ष ६० करोडको अलैँंची निकासी भएको जिल्लामा यस वर्ष ८० करोडभन्दा बढीको उत्पादन भएको हो ।

गत वर्षको तुलनामा २० प्रतिशतका दरले उत्पादन घटे पनि यस वर्ष उत्पादित अलँैंचीले जिल्लामा अहिलेसम्मकै बढी मूल्य पाएको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ ।

गत वर्ष प्रतिमन ६० हजारका दरले निकासी भएको अलैँंची यस वर्ष ८० हजारभन्दा बढी मूल्यमा किनबेच भइरहेको कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादवले बताए ।

उनले भने, ‘यस वर्ष जिल्लामा चार सय मेट्रिक टन अलैँंची उत्पादन भएको छ, प्रतिमन ८० हजारदेखि ९६ हजारसम्ममा बिक्री भइरहेकाले ८० करोडभन्दा बढी नगद जिल्ला भित्रने अनुमान गरेका छौँं ।’

कृषि कार्यालयका अनुसार गतवर्ष प्रतिहेक्टर ० दशमलव ६ मनका दरले अलैँंची उत्पादन भएको जिल्लामा यस वर्ष प्रतिहेक्टर ० दशमलव ५ मनका दरले उत्पादन भएको छ ।

हाल जिल्लामा अलैँंची सङ्कलन तथा निकासीका काम भइरहेको कृषकले बताएका छन् ।

पारिलो तथा चिसो जमिनमा हुने अलैंँची जिल्लाको आठ सय हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । फेदी, पाथेका, खार्मी, खार्ताम्छा, सुङ्देल, दिप्सुङ, राखाबाङ्देल, बाकाचोल, याम्खा, खिदिमा, टेम्मालगायत जिल्लाका ३४ भन्दा बढी गाविसमा उत्पादन हुने अलैँची भोजपुर, धनकुटा, धरान र झापाको विर्तामोड हुँदै भारत निकासी हुने गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us