
वीरगन्ज, ७ पुस– वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले वीरगन्जस्थित सुक्खा बन्दरगाहलाई अझ व्यवस्थित बनाउनेतर्फ सरकार गम्भिर रहेको बताएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घले उनको स्वागत तथा सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुक्खा बन्दरगाह नेपालकै गर्व भएका कारण यसको संरक्षणको दायित्व पनि सबैको भएको बताए ।
मन्त्री थापाले समयमा नै संविधान आएको खण्डमा मात्रै मुलुकमा आर्थिक परिवर्तन हुने भएका कारण माघ ८ मा संविधान निर्माणमा उद्योगी–व्यवसायीले पनि सघाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष प्रदीप केडियाले यस क्षेत्रमा देखिएको औद्योगिक समस्याको विषयमा मन्त्री थापालाई जानकारी गराएका थिए । रासस