सुदूरपश्चिम औद्योगिक, व्यापार मेलामा १५ करोडको कारोबार

काठमाण्डु टुडे २०७१ पुष ४ गते ११:१५ मा प्रकाशित

धनगढी, ४ पुस– सुदूरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलामा करिब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ गएको मंसिर २२ गतेबाट सुरु भएको महोत्सव बिहीबार सम्पन्न भएको छ । मेलामा ४५ लाखको टिकट बिक्री भएको आयोजक कैलाली उद्योग वाणिज्य संघका कोषाध्यक्ष शंकर बोगटीले बताए ।

मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार र स्थानीय खानाका गरी झन्डै २ सय ५० वटा कक्ष रहेका थिए । मेला अवधिभरमा करिब पाँच लाख दर्शकले अवलोकन गरेको बताइएको छ ।

मेलाको समापन समारोहमा सभासद् पुष्करनाथ ओझाले सुदूरपश्चिमको धनगढी, अत्तरिया र महेन्द्रनगरलाई लक्षित गरी करिब १० अर्ब बराबरको एकीकृत विकास योजना कार्यान्वयनमा आउन लागेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us