तालिमबाट बने डेढ सय उद्यमी

काठमाण्डु टुडे २०७१ पुष ३ गते ११:४३ मा प्रकाशित

सोलुुखुम्बु, ३ पुस–सोलुखुम्बु जिल्लाको केरुङ गाविसमा सञ्चालित तीनमहिने सिलाइबुनाइसम्बन्धी तालिमबाट डेढ सयले तालिम लिई उद्यमी बनेका छन् ।

images

घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा ग्रामीण बिजनेस प्रमोसन प्रा.लि. रामेछाप र ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटको आयोजनामा सञ्चालित उक्त तालिममा एक सय ५१ जना महिला उद्यमी तयार भएको जनाइएको छ ।

केरुङको आङपाङ गाविसस्थित सञ्चालित तालिममा सहभागीले तीन महिनासम्म आफूले उद्यमशील तालिम पाएको भन्दै जीविकोपार्जनमा अरूको मुख ताक्नु नपर्ने बताएका छन् ।

यसैबीच घरेलु तथा साना उद्योग विकास समितिले यसअघि सञ्चालित आलु चिप्स तालिमबाट उत्पादन भएका लघु उद्यमीलाई आलुचिप्स बनाउने मेसिनसमेत उपलब्ध गराएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us