वासिङ्टन, २ पुस– पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसका भाई जेव बुस सन् २०१६ को राष्ट्रपति चुनावमा लड्ने विषयमा विचार गरिरहेको खुलसा गरेका छन् ।
फ्लोरिडा राज्यका पूर्वगर्भनर जेवले मंगलबार फेसबुकमा लेखे, ‘म राष्ट्रपतिका लागि लड्ने सम्भावनालाई सक्रियतापूर्वक खोजीरहेको छु ।’उनले यस विषयमा अमेरिकी जनतासँग छलफल गर्न एउटा राजनीतिक कार्यसम्पादन समूहसमेत बनाउने भएका छन् ।
जेव आप्रवासी पक्षधर दृष्टिकोण राख्ने रिपब्लिकन राजनीतिज्ञ हुन् । जसले गर्दा उनलाई चुनावी अभियानमा सहयोग पुग्ने देखिँदैन । उनी रिपब्लिकन उमेदवारका लागि त्यति चर्चामा आइसकेका नाम होइनन् ।
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन डेमोक्रयाटिकका तर्फबाट टिकटका लागि अग्रस्थानमा रहेकी उमेदवार हुन् ।
कान्तिपुर दैनिकबाट