
एजेन्सी–भारतको सबैभन्दा ठूलो कार कम्पनी मारुति सुजुकीले अर्काे महिनादेखि कारको मूल्य बढाउने भएको छ । कंपनीले
उत्पादन लागतको आंशिक भरपाइका लागि जनवरीदेखि आफ्नो सबै मोडलका कारको मूल्य दुइ देखि चार प्रतिशतसम्म बढाउने योजना बनाएको छ ।
मारुति सुजुकीका कार्यकारी निर्देशक आर एस कलसीले भने ‘हाम्रो योजना जनवरीदेखि आफ्ना सबै कारको मूल्य बढाउने रहेको छ ।’ कंपनीले पछिल्लो केहि समयदेखि मूल्य बृद्घिको मार खेपिरहेकाले यसो गर्न परेको उनले बताए ।