सिड्नी क्याफेका बन्धक मुक्त, तीनको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष १ गते ३:१९ मा प्रकाशित

एजेन्सी, १ पुस– अस्ट्रेलियाको सिड्नीस्थित लिन्ट क्याफेमा कर्मचारी र ग्राहकलाई १६ घन्टासम्म बन्धक बनाएर राख्ने बन्दुकधारीविरुद्ध सोमबार राति प्रहरी कमान्डोले कारबाही गरी सुरक्षित रुपमा मुक्त गरेको छ । बन्दुकधारीले सिड्नीको ए लिन्ट क्याफेमा १० जना कर्मचारी र ३० जना ग्राहक गरी ४० जनालाई बन्धक बनाइएको थियो ।

sidni

दोहोरो गोली हानाहान हुँदा थुप्रै बन्धक घाइते भएका छन् । १६ घन्टासम्म प्रहरी कमान्डोले गरेको अप्रेसनमा तीन जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । मारिने मानिस बन्दुकधारी हुन् या बन्धक हुन भन्ने बारे स्पष्ट भइनसकेको जनाइएको छ ।

न्यु साउथ वेल्स प्रहरीले स्थानीय समयअनुसार बिहान पौने ३ बजे बन्धक प्रकरण समाप्त भएको र यसबारे विस्तृत विवरण पछि दिइने जनाएको छ । बन्दुकधारीले के माग राखेर बन्धक बनाएका हुन् भन्नेबारे पनि स्पष्ट भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us