अब पालो सुन्तला महोत्सवको

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते १२:४७ मा प्रकाशित

पर्वत, २९ मंसिर–चौथो पर्वत लघु, घरेलु कृषि, वनजन्य औद्योगिक प्रदर्शनी एवम् कफी, लप्सी तथा सुन्तला महोत्सव यही पुसको दोस्रो हप्ता हुने भएको छ ।

images

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ पर्वत र जिविस पर्वतद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी  पुस ९ देखि १५ गतेसम्म  ‘स्थानीय उत्पादनको उपभोग गरौँ, लघु घरेलु उद्यमीलाई प्रोत्साहन गरौँ’ भन्ने मूल नाराका साथ मेला आयोजना  हुने भएको हो ।

महोत्सवमा १५० वटा प्रदर्शनी कक्ष हुनेछन् ।  लघु घरेलु तथा साना उद्यमीका उत्पादन प्रदर्शन, बिक्री तथा प्रचारप्रसार गर्ने, लघु उद्यमीका उत्पादनको पहिचान र तथ्यगत बजार मूल्याङ्कन गर्ने,  जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको प्रवद्र्धन  गर्ने, स्थानीय लोकसंस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको महोत्सव मूल आयोजक समितिका संयोजक शिव शर्मा पौडेलले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष सुरेश प्रधानले विदेश पलायन हुने युवालाई लघु घरेलु तथा साना उद्योग र कृषिको माध्यमबाट पनि स्वरोजगार र आयआर्जन गर्न सकिन्छ भन्ने सन्देश महोत्सवले दिने विश्वास व्यक्त गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us