मन नपरे फेसबुकमा अब डिसलाइक गर्न पाइने

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ११:५६ मा प्रकाशित

एजेन्सी–फेसबुकमा अब डिसलाइक बटन पनि आउने भएको छ । विश्वको सबैभन्दा चर्चित सोसल नेटवर्किङ साइट फेसबुकका संस्थापक मार्क जुकरवर्गले डिसलाइक बटन राख्ने सोच बानाएका हुन् ।

facebook-inc-news-feed
क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा जुकरवर्गले आफ्नो सोसल नेटवर्कमा यसका लागि सबैभन्दा बढी आग्रह गरिएको बताएका छन् । डिसलाइक बटन राखिसकेपछि मानिसहरुबाट हुनसक्ने दुरुपयोग रोक्ने उपाए समेत आफुले सोचिरहेको उनले बताए ।
फेसबुकको आकडा अनुसार यसमा दैनिक करिब ४.५ अर्ब लाइक उत्पन्न हुन्छ । फेसबुकको हेडक्वार्टरमा आयोजित उक्त कार्यक्रममा उनले आफ्ना प्रयोगकर्ताका गुनासासमेत सार्वजनिक गरेका थिए ।
उनले भने ‘‘धेरै मानिसहरुले डिसलाइक बटनको माग गरिरहेका छन् किन भने उनीहरुले जे भयो त्यो सहि गलत छुट्याउन चाहन्छन्, मेरा लागि मेरा प्रयोगकर्ताहरुको भावना नै ठूलो हो’’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us