
काठमाण्डु, २९ मंसिर– नेपाल विद्युत प्राधिकरणले आगामी पुस २ गतेदेखि दैनिक थप दुई घण्टा लोडसेडिङ गर्ने भएको छ ।
नयाँ तालिकासँगै अबदेखि १० घण्टा लोडसेडिङ हुने भएको छ । प्राधिकरणले यसअघि दैनिक आठ घण्टाका दरले लोडसेडिङ गर्दै आएको थियो । परिस्थिति प्रतिकुल भएको अवस्थामा थप घण्टा आकस्मिक लोडसेडिङ हुने पनि प्राधिकरणले जनाएको छ ।
सोमबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले बाढी पहिरोबाट क्षति भएका विद्युत आयोजनाहरु अझै सञ्चालनमा आउन नसकेको र उत्पादनको तुलनामा माग बढेका कारण लोडसेडिङको समय बढाउनुपर्ने जनाएको छ ।
उपत्यकाभित्र तोकिएका समयमा र उपत्यकाबाहिर तोकिएको समयभन्दा पाँच मिनेटपछि लोडसेडिङ हुने सूचनामा उल्लेख छ ।