काठमाण्डु, २८ मंसिर–साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिप्याकेट आयोडिन नुनको मूल्यमा तिन रुपैयाँ बढाएको छ ।
नुन खरिदबाट कर्पोरेसन घाटामा रहेको भन्दै भाउ बढाएको हो । यसअघि प्याकेटको १५ रुपैयाँ पर्ने आयो नुन अब उपभोक्ताले १८ रुपैयाँमा खरिद गनृू पर्ने छ । २०६६ सालबाट मूल्य नबढाएको र कम्पनी वार्षिक ३० करोड रुपैयाँ घाटामा रहेकाले मूल्य बढाउनु परेको कर्पोरेसनका सहायक महाप्रबन्धक कुमार भण्डमरीले बताए ।
अहिले समायोजन गरिएको मूल्य दुर्गम जिल्लाहरुमा भने लागु हुने छैन ।