
काठमाण्डु, २७ मंसिर– केही समय अघि देखि नै एनटिसीको रिचार्ज तथा व्यालेन्स ट्रान्सफरमा समस्या आएर समाधान हुन नपाउदै पुनः सोही समस्या आएको छ ।
एनटिसी प्रयोगकर्ताले विगत एक हप्ता देखि समस्या बेहो¥दै आएपनि एनटिसी भने मौन छ । अधिकारीहरुले भने यस्तो समस्या शुक्रवार दिउसो देखि मात्र आएको दलिल पेश गरेका छन् ।
नेपाल टेलिकमका एक अधिकारीले भने– ‘समस्या आएको हामीले थाहा पायौ तर अहिले त्यो पत्ता लागि सकेको छैन् । सिस्टम अपडेट गर्दा देखिएको समस्या हुन सक्छ ।’
ती अधिकारीलाई कहिले सम्म समस्या समाधान हुन्छ भनी प्रश्न गर्दा छिट्टै समाधान हुने बताए ।