आठ हजार मिटरभन्दा अग्ला हिमालको प्रमाणीकरणका लागि सिफारिस

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ५:५८ मा प्रकाशित

पोखरा, २६ मंसिर । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको उपलक्ष्यमा नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरामा आयोजित पर्वतीय महोत्सव २०७१ को विविध कार्यक्रम सम्पन्न भएका छन् ।

himalaya317411-11-2013-03-36-16T

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय रातोराह्रामा सञ्चालित सो महोत्सवअन्तर्गत हिमालयन होष्ट देशहरुको बैठक, पर्यटन अन्तक्र्रिया, तथा विभिन्न प्रतियोगिता सम्पन्न भएका हुन् ।

सो अवसरमा हिमालयन होष्ट देशहरुको बिहीबार बसेको बैठकले नेपालका आठ हजार मिटरभन्दा अग्गा थप छवटा हिमचुचुराको प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्घ (युआइएए) मा सिफारिस गर्ने निर्णय गरेको नेपाल पर्वतारोहणका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्घ माउन्टेन कमिसनका अध्यक्ष पिया हम्लेटको उपस्थित रहेको सो बैठकमा नेपाललगायत भारत र चीनको सहभागिता रहेको थियो ।

सोही अवसरमा पर्वतीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न पर्यटनसग सम्बन्धित व्यवसायीसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेश गुरुङले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने सो महोत्सवअन्तर्गत बिहीबार भएको अन्तर विद्यालय छात्रछात्रा पाँच किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको छात्रतर्पm हिमालयन बोडिङका विजय अधिकारी प्रथम, बालोदय बोडिङका उपेन्द्र ढकाल र सपन गुरुङ क्रमश द्धितीय र तृतीय एवम् शान्ति निकुञ्ज बोडिङका विकी परियार सान्त्वना पुरस्कार पाएका थिए ।

त्यसैगरि छात्रातर्पm शान्ति निकुञ्जका सविता आचार्य, शिशु निकेतनका अनिसा थापा र शान्ति निकुञ्जका प्रतीक्षा पौडेल क्रमश प्रथम, द्धितीय र तृतीय भए ।

चोयु हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा नविनतम ज्ञान, सीप र प्रविधिको विकास गर्ने उद्देश्यले आयोजित सो महोत्सवको पाँच हजारभन्दा बढी दर्शकले अध्ययन अवलोकन गरेको महोत्सव निर्देशक कुशल गुरुङ बताउँछन् ।

महोत्सवमा पर्वतीय गतिविधि, कृषि, वन, प्रविधिलगायत विभिन्न खानाका परिकारसहित ३६ वटा स्टल रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us