वनले दियो उपभोक्तलाई गोबरग्यास

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते ८:१३ मा प्रकाशित

कञ्चनपुर, २२ मंसिर– कञ्चनुरको झलारी–९ अमरपुरमा रहेको श्रीकृष्ण सामुदायिक वनले अनुदान रकम प्रदान गरी उपभोक्ताका घरमा साठी वटा गोबरग्यास प्लान्ट जडान गरेको छ ।

Gobar Gas photo

सामुदायिक वनले दाउरा, काठ, घाँस र दण्डजरिवानाबाट सङ्कलित रकम परिचालन गरी उपभोक्तालाई अनुदान रकम उपलब्ध गराएको हो ।

वनमाथिको निर्भरता कम गर्न र जलवायु परिवर्तनको असर न्यून गर्न उपभोक्तालाई शौचालयसहितको गोबरग्यास प्लान्ट निर्माणका लागि अनुदान रकम प्रदान गरिएको सामुदायिक वनका कार्यालय सचिव भीमदत्त भट्टले बताए ।

गोबरग्यास प्लान्ट निर्माण गरेबापत सामुदायिक वनले रु पाँच हजारका दरले रकम उपलव्ध गराउँदै आएको छ ।

प्रतिवर्ष सामुदायिक वनले गोबरग्यास प्लान्ट निर्माणका लागि बजेटको व्यवस्था मिलाउँदै आएको छ ।

वार्षिकरुपमा उपभोक्ताको मागअनुसार दशदेखि बीस वटासम्म गोबरग्यास प्लान्टका लागि रकमको व्यवस्था गरिँदै आएको सामुदायिक वनका अध्यक्ष दिलबहादुर बुढाले बताए । ‘गोबरग्यास जडानकै लागि उपभोक्तालाई रु तीन लाख अनुदान प्रदान गरिसकेका छौँ,” उनले भने ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us