एमालेद्वारा संगठन सुदृढीकरण अभियान घोषणा

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ४:०७ मा प्रकाशित

uml officeइटहरी, २० मंसिर– एमाले सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा गरेको छ ।

एमालेको नवौँ महाधिवेशनले पारित गरेको सन्देशलाई नेपाली जनताका माझमा लैजान तथा जनताको बहुदलीय जनवादबाट विकास भएको राजनीतिक परिवर्तनलाई नेपालीमाझ विस्तार गरेर देशलाई समाजवादतर्फ अग्रसर गराउनका लागि अभियान चालिने एमाले सुनसरीका कावा सभापति द्वारिकलाल चौधरीले जानकारी दिए ।

सो क्रममा पार्टी सङ्गठित सदस्य विस्तार गरेर थप एक हजार सङ्गठित सदस्य विस्तार गरिने योजना पनि छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us