अस्पतालमा सुत्केरी गराउने बढे

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ४:०३ मा प्रकाशित

महोत्तरी, २० मंसिर– पश्चिमी क्षेत्रका ग्रामीण महिला अस्पतालमा सुत्केरी गराउनेतर्फ आकर्षित भएका छन् ।

जिल्लाको पश्चिमीवर्ती क्षेत्र गौशाला नगरपालिकालगायत भरतपुर, लक्ष्मीनियाँ, केलगाछी, औरही गाविसका ग्रामीण भेगका महिला दिनप्रतिदिन अस्पतालमा नै सुत्केरी गराउन उत्प्रेरित भएका छन् ।

अस्पतालमा सुत्केरी गराउँदा समयमा आमा र बच्चाको ज्यान खतरामुक्त भएको कारण तिनले घरमा नै सुत्केरी गराउँदै हुन् ।

अस्पतालमा चिकित्सकको निगरानीमा सुत्केरी गराउँदा सहज रुपमा नै प्रसूति भएको कारण यसतर्फ आकर्षण बढेको स्थानीय महिलाहरु बताउँछन् ।

चालु आवको कात्तिक मसान्तसम्ममा प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा सुत्केरी गराउनेको सङ्ख्या ३१ पुगेको अस्पताल स्रोतले जनाएको छ । गत वर्ष सो अस्पतालमा सुत्केरी गराउने महिलाको सङ्ख्या ५७२ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us