मोदीलाई खुलेआम युद्धको निम्ता दिने यी को हुन् ?

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ३:५९ मा प्रकाशित

hajifएजेन्सी– पाकिस्तानी धार्मिक नेता एवम् जमात–उद– दाव पार्टीका प्रमुख हाफिज सईदले भारतलाई युद्धको निम्तो दिएका छन् ।

लाहोर सहरमा भएको एक र्याछलीलाई सम्बोधन गर्दै उनले कास्मिर आफ्नो बनाउन युद्ध लड्ने घोषणा गरेका हुन् ।

सईदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै कास्मिर युद्ध तत्काल सुल्झाउन आग्रह गर्दै अन्यथा कास्मिरका लागि जस्तोसुकै कठिन युद्ध लड्ने घोषणा गरे ।

उनले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई पनि कास्मिर आफूहरुको बनाउन गरिने युद्धमा साथ दिन अपिल गरेका थिए ।

कास्मिर युद्धमा आफूहरुलाई सघाउने कुरा सरिफका लागि अल्लाहको फैसला भएको उनको भनाइ थियो ।

हाफिजलाई भारतले मोस्ट वान्टेडको सूचीमा राखेको छ । उनीमाथि मुम्बई हमलाका प्रमुख योजनाकारको आरोप भारतले लगाउँदै आएको छ ।

हाजिफ प्रमुख रहेको संगठनलाई संयुक्त राज्य अमेरिकाले केही समयअघि मात्र प्रतिबन्धित संगठनको सूचीमा समावेश गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us