यसरी रोकियो मध्यरातमा बालिका विवाह

काठमाण्डु टुडे २०७१ मंसिर २० गते २:५९ मा प्रकाशित

विराटनगर, २० मंसिर– मोरङको मोतीपुर–३ मा शुक्रबार हुन लागेको एउटा विवाह सरोकार भएकाहरुको पहलमा रोकिएको छ ।

स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत १७ वर्षीया किशोरीको विवाह रोकिएको हो ।

ती किशोरीकी पिताको मृत्यु भइसकेको र आर्थिक अवस्था अत्यन्त दयनीय रहेको अवस्थामा सुनसरी दुहवी सोनापुरका २० वर्षीय युवक वासुदेव झासँग गए राति विवाह हुने तय भएको थियो ।

स्थानीय बाल क्लब सञ्जालका सदस्यले दिएको सूचनाका आधारमा पुगेको प्रहरीसहित सरोकार भएकाहरुको समूहले बेहुलीको उमेर नपुगेको भन्दै विवाहमा रोक लगाएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us