
गोरखा, २० मंसिर– गोरखामा पछिल्लो समय सम्बन्धविच्छेद गर्नमा महिला नै बढी अग्रसर हुने गरेको पाइएको छ ।
प्रत्येक हप्ता दुई जनासम्म महिला पतिसँग सम्बन्धविच्छेदको माग गर्दै अदालतमा धाउने गरेका छन् ।
उनीहरुले निवेदनमा पतिले कुटपिट गरेको, गालीगलौज गरेको कारण देखाउने गरेका छन् । मिरकोट–५ का मनोज तामाङ पत्नीसँग छुट्टनि चाँहदैनथे । तर, तीन वर्ष विदेश बसेर आएकी पत्नीले र्फकनासाथ सम्बन्धविच्छेदको अड्डी कसिन् ।
दुई छोरासमेत रहेकी उनले आफूलाई अंश सम्पत्ति केही नचाहिने भन्दै मंसिर ८ गते जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराइन् । अदालतले ९ गते सम्बन्धविच्छेदको फैसला गर्योल ।
लगत्तै १० गते नै उनीहरु अघिल्लो दिनको फैसला बदर गराई सम्बन्ध गराउन अदालत पुगे । गत साउनयता सम्बन्धविच्छेदका ३७ वटा मुद्दा दर्ता भएको अदालतले जनाएको छ । तीमध्ये १२ जोडीको फैसला भइसकेको छ ।
‘पतिले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन प्रक्रिया लामो छ, गाविसदेखि सिफारिस ल्याउनुपर्छ,’ अदालतका सुपरिवेक्षक नायब सुब्बा धर्मराज सुवेदीले भने, ‘यहाँ सबै सम्बन्धविच्छेदको मुद्दा महिलाले नै दर्ता गर्छन् ।’
सम्बन्धविच्छेद गराउने अधिकांश २० देखि ३५ वर्षको उमेर समूहका छन् ।
नागरिक दैनिकबाट