अमेरिकालाई उछिन्दै पैसामा चीन नम्बर एक

काठमाण्डु टुडे २०७१ मंसिर २० गते २:१३ मा प्रकाशित

flag of chinaकाठमाण्डु– लामो समयदेखि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा रहेको अमेरिका अब त्यो रुपमा रहेन ।

विश्वकै सबैभन्दा धेरै आवादी भएको चीनले अमेरिकाबाट विश्वको पहिलो नम्बरको आर्थिक शक्तिको टाइटल खोसेको छ ।

अन्र्तराष्ट्रि मुद्रा कोष (आइएमएफ) ले शुक्रबार यस्तो जनाएको हो । पछिल्लो अवस्थामा चीनको अर्थतन्त्र १ सय ७६ खर्ब अमेरिकी डलर पुगेको छ ।

दोस्रो स्थानमा झरेको अमेरिकाको करिब १ सय ७४ खर्ब अमेरिकी डलरमा सीमित हुन पुगेको छ।

एक दशक अगाडिसम्म अमेरिकाको उत्पादन चीनकोभन्दा तीनगुणा ठूलो थियो ।
नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us