यात्रुले भरिएको बस घरभित्र छिरेपछि….

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते १६:०६ मा प्रकाशित

झापा , १९ मंसिर– कन्काई नगरपालिका–३ सुरुङ्गा बजारका हरिप्रसाद ढकालको घरमा मे१ख ३८० नम्बरको यात्रुवाहक बस पस्दा नौ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये कन्काई नगरपालिका–४ इलुवाबारीका रेनुका खनालको अवस्था गम्भीर रहेको र उनको विर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

अत्याधिक मदिरा सेवन गरेका बस चालक भने प्रहरीको नियन्त्रणमा रहेको इप्रका प्रमुख नवीनकुमार घिमिरेले जानकारी दिए ।

दुर्घटनाबाट ढकालको घर पूर्णतः क्षतिग्रस्त भएको छ । ढकालका परिवार दुर्घटनाको समयमा घरबाहिरै रहेका कारण कुनै मानवीय क्षति नभएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us